दुुनियाको एक्लो पिता, जो गर्भवती हुन्छ, २ हजार बच्चा जन्माउँछ

  Manaslu Post  622 पटक हेरिएको

प्रकृतिको नियम अनुसार पोथीले नै गर्भधारण गर्छन् र बच्चा जन्माउँछन् चाहे त्यो जुनसुकै जिवको किन नहोस् । तर एउटा यस्तो जिव छ, जसको भालेले गर्भाधारण गर्दछ र बच्चा जन्माउँछ ।

हो, समुद्रमा पाइने सी हर्स नामक सामुदि्रक जिव एउटा यस्तो जिव हो जसमा भालेले बच्चा जन्माउँदछ । यो जिवको टाउको घोडाको जस्तो हुने भएकाले यसलाई सी हर्स अर्थात् सामुदि्रक घोडा भनिएको हो ।

यो जिवको भालेले बच्चा जन्माउँदछ, त्यो पनि एक पटकमा २ हजारवटा बच्चा । सी हर्सले आफ्नो इच्छा अनुसार जिउको रंग बदल्न सक्दछ ।

यसले आफ्नो आँखाले एकै समयमा विभिन्न दिशामा देख्न सक्दछ । यो जिवका हड्डी भएपनि माछाको जस्ता नहुने भएकाले निकै ढिलो पौडिन सक्दछ । यसका दाँत पनि हुँदैननु। पृथ्वीमा यो जिवका करीब ३ दर्जन प्रजाति रहेका छन् ।

यो जिवको आयु १ देखि ५ वर्षसम्म हुन्छ । १५ देखि ३५ सेमी सम्म लामो यो जिव प्राय सबै समुद्रमा पाइन्छ ।

यो जिवको विशेषता के भने यसको भालेले बच्चा जन्माउँछ । पोथीले आफ्नो अण्डा भालेको थैलीमा हालिदिएपछि भालेले गर्भ बोक्दछ । त्यसपछि १० दिनदेखि लिएर ६महिनाको अवधिभित्रमा बच्चाको जन्म हुन्छ ।

स्मरण रहोस् विभिन्न रोगको उपचारमा यो जिव औषधि हुने भन्दै सी हर्सको ठूलो परिमाणमा सिकार हुने गरेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार