काठमाडौँ, जेठ २ः निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ ।
एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएकाले गणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको हो । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै परिणाम घोषणा छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाएको समेत बताएको छ ।
त्यस्तै, कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले स–साना र आधारहिन विषयमा समेत समस्या खडा गरेको भन्दै आयोगले त्यस्तो नगर्न आग्रह गरेको छ ।