म्यूजिक भिडियो निर्देशनको क्षेत्रमा चम्किदै डिकेश

  मन बहादुर पुन  812 पटक हेरिएको


मनास्लु पोष्ट । नेपाली म्यूजिक भिडियो निर्देशनको क्षेत्रमा एक मौलिक लोक भिडियो निर्देशकको नाम हो डिकेश मगर ।
हिलेटक्सार ५ लमजुङमा जन्मिएका डील बहादुर मगर डिकेश हाल म्यूजिक भिडियो निर्देशक र मौलिक लोक संगीतमा चिनिएका छन । सानै उमेर देखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने डिकेश स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्न र गाउनमा भाग लिएर थुप्रै पुरस्कार कदर पत्र र प्रशंसा पत्र हात पार्न सफल भएका थिए ।
साधना कला केन्द्रमा ३ बर्ष भन्दा बढि नृत्य सिकेका डिकेशले अहिले सम्म दर्जनौ म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन भने एक दर्जन भन्दा बढि मौलिक लोक संगीतहरुमा आफ्नो स्वर, शव्द र लय रेर्कड गराइसकेका छन ।
दुधपोखरी फिल्मस प्रा.लिका सञ्चालक समेत रहेका डिकेश मगरले गंगबु काठमाडौमा रहेको आफ्नै कल्चरमा सयौ जनालाई नृत्य,अभिनय र उद्दघोषणको प्रशिक्षण दिइरहेका छन भने उनले केहिदिन भित्रै अन्र्तर्वाता मुलक मनोरञ्जनात्मक कार्यक्रम दर्शन नमस्ते कार्यक्रम सञ्चालनमा ल्याउने तर्खरमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार