पुनम पाण्डेले पक्राउ परेको खबर गरिन् खण्डनः भिडियोमा भनिन्, ‘म घरमा फिल्म हेरिरहेकी थिएँ’

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  154 पटक हेरिएको

मोडल पुनम पाण्डेले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै त्यो खबर खण्डन गरेकी छिन् जसमा उनले लकडाउनको नियम उल्लंघन गरेकोमा मुम्बई पुलिसले पक्राउ गरेको बताइएको थियो ।

पुनमले सोमबार यसबारे भिडियो बनाएर जानकारी दिइन् । आफू घरमा नै भएको र ठिक रहेको पनि बताइन् ।यसअघि मोडल तथा नायिका पुनम सिंह उनका एक साथी सेफ अहमदसँग मरिन ड्राइभमा लग्जरी कारमा घुमिरहेका कारण पक्राउ परेको भन्ने खबर भारतीय मिडियाले प्रकाशित गरेका थिए ।

पुनम सन् २०११ को विश्वकपका बेला अत्यधिक चर्चामा आएकी थिइन् जब उनले टिम इन्डियाले जितेको खण्डमा नग्न हुने घोषणा गरेकी थिइन् । उनले सन् २०१३ मा बलिउड फिल्म नशाबाट डेब्यू गरेकी थिइन् जसमा उनी एक शिक्षकको भूमिकामा थिइन् । पुनम आजकाल आफ्नो मोबाइल एपमा व्यस्त छिन् जसमा उनी आफ्ना फोटो र भिडियो सेयर गरिरहन्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार