‘लोम्बा’चलचित्र संगै निर्देशक अनिल बिबादित

  कल्पना थापा मगर  1313 पटक हेरिएको


काठमाडौं ।परिवारको सपनालाई बाटो मुनी फालेर फिल्म बनाउने लक्ष्य बोकी रजतपटमा आएका निर्देशक अनिलको ‘लोम्बा’चलचित्र जंगारमा फस्यो । गएको बैशाख महिनाको अन्तिम तिर पोर्तुगलको फिपा हलमा देखाउने पक्का भएको ‘लोम्बा’चलचित्रको आवाजएका एक बन्द भएको छ ।
‘साथीहरु एउटा चलचित्र बनाएका छैन्न् । चलचित्र बनाउँदाको दुख अनि सुख बुझेका हुन्न् । म फिल्म मेकर भनेर खोक्छन् । खोक्नलाई जति खोके पनि ब्यक्तिगत कुरा हो । दुःखको कुरा, चलचित्र बोर्ड अनि चलचित्र संघ–संस्थामा पसेर राजनीति गर्न खोज्छन् । चलचित्र भित्रको राजनीतिले गर्दा चलचित्र बनाउँछु भनेर आउने साँचिकैको चलचित्रकर्मीहरुलाई पनि समस्या ल्याइदिन्छन् । मेरो नेपाली मनहरु देखेर सारै गर्व लाग्छ । चलचित्रको बगैंचामा नआएको भए ,यस्तो मौका देखन कहाँ मिल्थ्यो र हजुर….’
गोरखापत्र र फरकधार अनलाइनमा पत्रकार समेत रहेका निर्देशक अनिलले निराशाका शब्दहरु फेसबुकको वालमा पोस्ट गरे पछि यथार्त खोज्दै जाँदा उनी भन्छन् । ‘चलचित्र बिकाश बोर्डमा सेन्सर हुनुपर्छ । सेन्सर नगरेफिल्म हल लगायत सरकारले बनाएको भवनहरुमा देखाउन नपाउँने,यदि देखाए पनि पुलिस लगाएर समाट्ने कुुरा संघ–संस्थाकै साथीहरुले गर्छन् । साथीहरु आफै फेरी बनाएको चलचित्र सेन्सर गर्न जानुस भन्छन् । फेरी सरकार संग उनीहरुले नै हामीलाई छुट्टै सेन्सर चाहिन्छ भनेर खोक्छन् । साथीहरुको राजनीति बुझनै समस्या भएको छ ।सेन्सर गराँै भने सरकारले गरिरहेको सेन्सर प्रक्रियाहरु मन परेको छैन् । नगराँै भन ेफिल्ममा लगानी भएको पैसा कसरी फिर्ता गर्ने ?बिकाश बोर्डले पुलिस लगाईदियो भने संघ–संस्थाका साथीहरु चुपलागेर बसि दिन्छन् ।’
संघ–संस्थाहरु बिस्तार गर्ने नवीन सुब्बाभन्छन्–‘बिदेशमा देखाउनलाई सेन्सर चाहिँदैन् ।’तर, सेन्सर नगरी बिदेश देखाउने भनेर निर्देशक अनिलले २–३ महिना देखि पोर्तुगलका हिकमत बुढ ामगर लगायत धेरै साथीभाईलाई सहयोग मागेर देखाउन लगाइएको ‘लोम्बा’चलचित्र पनि देखाउन पाएका छैन्न् ।‘पोर्तुगल गएर फिल्म देखाएर आउने भनेरउताका साथीहरुले सबै लेटरहरु पठाइ दिए । तर एका एक चलचित्र राजनीतिको संजाल फैलिएर समस्या श्रृजनाभयो । चलचित्रकर्मी बनाउँदासाथीहरुको नेपाल देखी पोर्चुगल सम्म संजाल देखेर म आफै अचम्म परेको छु ।’ निर्देशक अनिल गुनासोे पोख्छन् ।
चलचित्र बनाउँछु भनेर परिवारको सपना छोडेर आएका नयाँ चलचित्रकर्मीहरुलाई आधा बाटो बाटै फिर्ता गर्ने नियम कानुनलाई चलचित्र बगैंचामाअगुवाई गर्ने चलचित्रकर्मी र चलचित्र बिकाशबोर्ड अनिचलचित्र संघ–संस्थाहरुले गरिरहेको अनिलको आरोप छ । उनको ‘लोम्बा’चलचित्र पाँचाँै चलचित्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार