काेरोनाको परीक्षण तीब्र बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  251 पटक हेरिएको

काठमाडौं ,।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) बाट नेपालमा भैरहेको समस्या र हुन सक्ने थप सम्भावित खतरा, यसको रोकथाम, उपचार र नियन्त्रण गर्नको लागि संघीय संसद, शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीको सभापतित्वमा  व्यापक छलफल भएको छ ।

उक्त समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी भएका थिए । मन्त्री ढकालले अहिलेसम्म नेपाल सरकारले कोरोना भाईरस फैलिन नदिनको लागि सरकारको तर्फबाट गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सरकारले काेरोना भाईरसको उपचार, रोकथाम र नियन्त्रणका उपाय लकडाउन सकारात्मक भएको निष्कर्ष निकाल्दै समितिले तत्काल परीक्षण तीब्र बनाउन र दायरा बढाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्ताे छ शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

१. सरकारले COVID-19 बाट प्रभावितको उपचार, रोकथाम र नियन्त्रणका लागि गरिएका उपायहरु र लकडाउनको निर्णय सकारात्मक छन् । यसका लागि चिकित्सक, स्वास्थ्यकर्मीहरु सुरकक्षाकर्मी, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश र स्थानीय सरकारलाई समिति धन्यवाद दिन चाहन्छ ।

२. नेपालमा कोरोना भाईरस (COVID-19) संक्रमणको जोखिम तीब्रतापूर्वक बढिरहेकोले स्वास्थ्य परिक्षणको दायरा तीब्र बनाउनु पर्ने । अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने र प्रदेश सरकार, स्थानीय तहलाई स्वास्थ्य सामाग्रीहरु यथाशिघ्र उपलव्ध गराउने व्यवस्था गर्नु पर्ने।

३ यस रोगको उपचार, रोकथाम र नियन्त्रणमा संलग्न हुने व्यक्तिको मनोबल उच्च बनाउन आवश्यक छ । उक्त व्यक्तिहरुको लागि (चिकित्सक, स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवक) लाई गुणस्तरीय पिपिई लगायतका सामाग्री यथाशिघ्र उपलव्ध गराउने । संक्रमणबाट बच्न अनिवार्य रुपमा माक्स, स्यानीटाईजर प्रयोग गर्नु पर्ने आवश्यकता भएको हुँदा सर्वसाधारण नागरिकहरुलाई सर्वसुलभ ढंगले उपलव्ध हुने व्यवस्था मिलाउनु पर्ने ।

४. कोरोना भाईरस (COVID-19) रोगको रोकथामको लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु (पिसिआर, पिपिई, माक्स, थरमलगन लगायत), स्वाथ्य उपकरण, औषधी र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशिघ्र गर्नु पर्ने । आईसोलेसन वेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्नु पर्ने । संक्रमित व्यक्तिसंगको कन्ट्रयाक्ट ट्रेसिंग लाई जोड दिनु पर्ने । अन्य बिरामीहरुले खानु पर्ने औषधीमा कुनै अभाव हुन नदिन जोड दिनु पर्ने ।

५. विदेशमा रहनु भएका मजदुर विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्ने र विदेशमै बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नु पने ।

६. कोरोना भाईरसको कारण लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार र सरोकारवालासँग सहि तथ्यांक तयार पारी राहतको व्यवस्थापन गर्नु पर्ने ।

७. भारत र नेपालको सीमानामा अलपत्र परेका नागरिकहरुको संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी छिटो भन्दा चेकजाँच गरी आ–आफ्नो जिल्ला, घर पठाउने व्यवस्था मिलाउने ।

८. क्वारेन्टीनमा सामान्य उपचार स्वास्थ्यकर्मी, बास, कपास, र एम्बुलेन्सको राम्रो व्यवस्था गर्नु पर्ने ।

९. कोरोना भाईरसभन्दा बाहेकका बिरामीहरुलाई उपचारमा अभाव नहुने गरी व्यवस्था हुनु पर्ने ।

१०. कोरोना भाईरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्नु पर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार