जेठ १३ गते नाराले त्रिशुलीमा राफ्टिङ महोत्सव गर्दै

  मनास्लु पोष्ट  658 पटक हेरिएको

जेठ ५, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज –नारा)ले धादिङको त्रिशुली नदीमा राफ्टिङ महोत्सवको आयोजना गर्ने भएको छ ।

जेठ १३ गते शनिबार तदनुसार २७ मे २०१७ का दिन आयोजना हुने उक्त महोत्सवमा धादिङ त्रिशुली नदीको बेल्खु देखी मलेखुसम्म २५ किलोमिटर क्षेत्रमा राफ्टिङ आयोजना हुने नाराले जनाएको छ ।
पर्यटन प्रबद्र्धन, बिकास र बिस्तार गर्ने उदेश्यले आयोजना गरिएको उक्त महोत्सवमा सहभागि हुन जानेहरुका लागि जेठ १३ गतेका दिन काठमाण्डौको सोह्खुट्टेबाट बिहान साँढे ६ बजे यातायातको समेत व्यवस्था गरिएको नारा अध्यक्ष चन्द्र दाहालले जानकारी दिनुभयो ।
महोत्सवमा सहभागि हुन जानेहरुका लागि खाना र जाने आउने खर्चका लागि सहयोग स्वरुप २ हजारको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार