मुस्ताङमा १५ औं शताब्दीदेखि मनाउँदै आएको तिजी पर्व सुरु

  मनास्लु पोष्ट  658 पटक हेरिएको

मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक साँस्कृतिक महत्व बोकेको तिजी पर्व सोमबारदेखि शुरु भएको छ । चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तिजी पर्व मनाइन्छ ।

१५ औं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले यो पर्व मनाउँदै आएका छन् । उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानीय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

स्थानीय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण रहेको स्थानीय इन्द्रधारा बिष्ट बताउनु हुन्छ । तिजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुग्ने गरेका छन् । गत मंसिरमा मुस्ताङे राज जिग्मे पालबर विष्टको निधन भएकाले एक वर्षसम्म उपल्लो मुस्ताङवासी दुःखमा रहेको विष्टको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार