चार हजार ३४१ नेपाली भित्रिए ७०६ भारतीय बाहिरिए

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  125 पटक हेरिएको

लम्की जेठ २६ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठ २ यता दैनिक नेपाल भित्रिने क्रममा सोमबार पनि हजारौंको संख्यामा नेपाल भित्रिएकाछन् । सोमबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट चारहजार बढी नेपाली नागरिक नेपाल भित्रिएका हुन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २४१ जना नेपाली नागरिक नेपाल भित्रिएकाछन् भने उक्त नाकाबाट ७०६ भारतीय नागरिक समेत भारत बाहिरीएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरिक्षक अमर थापाका अनुसार सोमबार गड्डा चौकी नाकाबाट ५७३ नेपाली नागरिक भित्रिएकाछन् भने १२७ जना भारतीय नागरिक बाहिरीएका छन् । उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घट्दै गएको छ । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शनिबारको तुलनामा थोरैमात्र घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त नाकाबाट सोमबार तीनहजार हजार ७६८ नेपाली नागरिक भित्रिएका छन भने ५७९ भारतीय नागरिक बाहिरिएका छन् ।
यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता करिब एक लाखको हाराहारीमा नेपाली नेपाल भित्रिएकाछन् भने बाहिरीनेको संख्या करिब १३ हजार पुगेको छ ।
नेपाल भित्रिएर्क विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केहि परिक्षण पछि घर गएकाछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयका अनुसार आईतबार साँझ सम्म भारतबाट आई सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा बस्नेको संख्या ६४ हजार १०५ पुगेको छ । जसमा महिला नौ हजार ६५२ जना छन् भने पुरुष चौपन्न हजार ४५३ जना रहेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार