आज मगर समुदायले भुमे (भूम्या) पर्व मनाउँदै

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  356 पटक हेरिएको

काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भुमे( भूम्या) पर्व आज  मनाइदै छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाईने भुमे( भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायत बिदेशमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन् । भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते विहान बलि दिएर पूजा गरेपछि भूम्या÷नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

मगर समुदायमा भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको सुरुवात, सत्ता परिवर्तन, जनगणना गर्ने र युवा युवतीले प्रेम साट्ने समयको रुपमा समेत मनाउने प्रचलन थियो । ‘भूम्या पर्वको विभिन्न महत्व छन्, तर विस्तारै लोप हुँदै जानु दुःखद छ,’ भुमे प्रतिष्ठाका  हर्क बहादुर घर्ती  मगर भन्छन्, ‘हामीले भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा, गाउँमा सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो ।’

भुमे( भूम्या) पर्व टुँडिखेलमा 

जेठको अन्तिम दिन युवायुवतीहरु बुकीमा पुगेर ल्याएको फूल असार १ गते हरेक घरमा भित्र्याएपछि सुरु हुने भुमे( भूम्या) पर्व स्थान विशेष तीनदेखि हप्तादिनसम्म मनाउने प्रचलन छ । भुमे( भूम्या)काे अवसरमा  भूम्या पर्व प्रतिस्ठानको आयोजनामा अाज काठमाडौंको टुँडिखेलमा भमे पुजा हुने भएकाे छ  । काेराेना संक्रमणकाे कारणले सामाजिक दुरी कायम गरि पुजापाठ गर्ने र यस बर्ष नाचगान नहुने घर्तीमगरले बताए ।

भूम्या पर्वलाई कतै भूमे, कतै भूमी पर्व भन्ने प्रचलन समेत रहेको छ ।

भुमेकाे बारेमा सबैकुरा जान्नकाे लागि तलकाे भिडियाे हेर्नुहाेस ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार