नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त संयन्त्रले उम्मेदवार घोषणा गर्ने

  मनास्लु पोष्ट  646 पटक हेरिएको

काठमाडौं – एकल चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि दुई दलको संयुक्त संयन्त्रमार्फत उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

मंगलबार काठमाडौंमा दुई दलको संयुक्त निर्वाचन समन्वय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । संयुक्त संयन्त्रको बैठकले दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाका जिल्ला र स्थानीय तहमा संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन गरी चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ ।

निर्वाचन प्रचार प्रसारका लागि दुई दलका तर्फबाट स्थानीय तहमा तयार गरिने घोषणा पत्र, पर्चा, उम्मेदवार परिचय पत्र लगायतका प्रचार सामाग्रीहरु संयुक्त रुपमा प्रकाशन गरी प्रचार प्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

दुई पार्टीको संयुक्त चुनावी संयन्त्रको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालको तर्फबाट रत्नेश्वरलाल कायस्थ, धिरेन्द्रबहादुर श्रेष्ठ, राजन केसी, लाल बहादुर तामाङ र नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट देवेन्द्र पौडेल र खिमलाल देवकोटाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार