थला परे प्रजातन्त्र सेनानी घोइरो कामी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  237 पटक हेरिएको

लमजुङ । लमजुङका प्रजातन्त्र सेनानी ८४ वर्षीय घोइरो कामी भन्ने दलबहादुर विक बिरामी परेका छन् । पछिल्लो २ हप्ता यतादेखि स्वास्थ्यमा समस्या भएकाले उनी पिढिँमा सुस्ताउँदै छन् ।

पुरानो दम र मुटुको समस्या बल्झिएकोले उनी थला परेका हुन् । बिपी स्मृती ट्रस्टद्वारा ०७२ सालमा सम्मानित घोइरो कामीले २००६ सालमा राणा शासनको बिरुद्दमा काँग्रेसको चारतारे झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका थिए । तर अहिले भने कामी ती ऐतिहासिक घट्ना प्रायः सबै बिर्सने र भन्न नसक्ने भएका छन् ।

२००६ सालमा नेपाली काँग्रेसद्वारा आह्वान गरिएको राणा शाशनको बिरुद्धमा झण्डा बोकेर लमजुङको ईशानेश्वर क्षेत्रमा गरेको प्रदर्शनको सम्मान स्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा ३ कट्ठा जग्गा समेत बकस प्राप्त गरेका थिए । त्यही जग्गा विक्री गरेर उनी लमजुङको तत्कालीन ईशानेश्वर गाविसको चिसंकु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाई सराई गरेका हुन् । यतिबेला ती दुई स्थान मध्यनेपाल नगरपालिकाको क्रमशः वडानं ७ र ६ मा पर्दछन् ।

बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका एक्दमै सहासी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् ।

नेपाली काँग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईले घोएरो कामीको इमान्दारिता देखेर भट्टराईले आफूले लगाएको कोट फुकालेर लाउन दिएका थिए । कामीले कोट लगाएपछि ‘हजुरले दिएको कोटमा पैसा रहेछ ।’ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेका थिए । जुन प्रसंग कांग्रेश वृत्तमा चर्चाको विषय बनेको थियो ।

हिजोआज भने नेतृत्वले वेवास्ता गरेकोमा उनी दुःखी छन् । कामीले भने ‘म अब यही पिढीमा कुहिएर मर्ने भएँ ।’ ८४ वर्षीय कामी बोल्न सक्ने अवस्थामा छैनन् बोल्दा बोल्दै बिर्सन्छ्न । उनले पार्टीबाट उपचारको लागि सहयोगको आशा समेत गरेका छन् ।

उनले छोरा नातीले पनि बेवास्ता गरेको गुनासो गरे । घोइरो कामीले श्रीमती गुमाएको एक दशक भयो । अहिले जेठी बुहारीले स्यहार गरिरहेकी छन् । आफू विरामी परेदेखि आजसम्म काँग्रेसका कुनै पनि नेता भेट्न नआएको उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार