भारत-पाकिस्तान झडपमा फेरि अर्का नेपाली गाेर्खा सैनिककाे निधन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  188 पटक हेरिएको

पाकिस्तानी सेनाले गरेको गोलाबारीमा नेपाली गाेर्खा सैनिक मारिएका छन्।

गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएकाे हाे।

उनी शालिकराम कार्कीका छोरा भएकाे छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले मंगलबार बिहान जानकारी दिए।

‘उहाँका ससाना तीन सन्तान छन्,’ अध्यक्ष पन्तले भने, ‘उहाँको अन्त्येष्टि गर्न परिवारका सदस्य आज बिहानै भारतको गोरखपुर लाग्नुभएको छ।’

उनी जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए। कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा थिए।

साेमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए। केही घण्टापछि उनको मृत्यु भएका हाे।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन्।

“हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए”, उनले भनेका छन्, “उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार