मनास्लु पोष्ट १० जेठ । काठमाडौ देखि मनास्लु सम्मको एउता सुन्दर यात्रा मन बहादुर पुनको संस्मरणात्मक उपन्यास त्रिनेत्र प्रमुख अतिथि समाजसेवी एवं पुन समाज नेपाल विदेश प्रमुख चाम बहादुर पुन साथैं बिशिष्ट अतिथि समाजसेवी नीमा लामा र ओम पुनको सहभागीतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विमोचन भएको छ । कार्यक्रममा अतिथिहरु चित्र बहादुर पुन,हर्कवीर पुन,तुल प्रसाद पुन,हर्क बहादुर पुन,मगर राष्ट्रिय परिषदका संयोजक टेकम बाठा मगर,लोक गायिका अन्जु पुन, मन्जु थापा ,श्याम पुन,तेज बहादुर गुरुङ,गायक संगीतकार नन्दा घर्ती मगर,थालीनाचकी रानी सीता थापा,लोक गायक देबिराम राना,नृत्य निर्देशक डिकेश मगर गायिका भुमसरी पुन र मोडल तारा पुन लगाएत श्रजक समाजसेवी कलाकार लगाएत साहित्यक प्रेमी र साहित्यकारहरुको उपस्थिति
रहेको थियो भने मदन कुमार घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
चाम बहादुर पुनले कार्यक्रम भने जीवनलाई नाङ्गो अाँखाले हेर्न सक्नेले मात्र समाजको धरातल बुझन सक्छ यस्तै लेखकहरुको विचमा अचेल पुन आत्मसंस्मरण लेख्न निकै जागरुक हुदै आएकोले उहालाई बचाउने र जगाउने हामी सवै लाग्नु पर्छ ।
उपन्यास त्रिनेत्रमा मन बहादुर पुनले लामो समयदेखि पत्रकारिता गर्दा समाजलाइ नाँगो आँखाले देखेका बुझेका वैयक्तिक कल्पनाको उपज मात्र नभइ यर्थाथ भोगाइहरु प्रस्तुत गरेको निमा लामाले समिक्षा गरे भने यात्रामा हुने अन्योल,कठिनाइ,विरानोपन,असुरक्षाको त्रास,भाषिक समस्या,आदि सँगसगै यात्राभरि गरिएका देखिएका र भोगिएका कुराहरुले भरिएका उपन्यास त्रिनेत्रमा समावेस गएिको साहित्यकार मन बहादुर पुनले बताए ।
सत्यताको उदाङ्गो प्रस्तुति त्रिनेत्रका लेखक मन बहादुर पुनले यो भन्दा अगाडी आँशुको पाईला,आमा,बुकी,प्रेमाभाष जस्ता साहित्यक कृतिहरु पाठकमाझ ल्याइसकेका छन ।
बहुप्रतिभाका धनि मन बहादुर पुनले करिव एकसय भन्दा बढि लोक दोहोरी एवं आधुनिक गीतहरुमा स्वर शव्द संगीत दिइसकेका छन भने दुइ दर्जन भन्दा बढि नेपाली सांस्कृतिक जातिय फिल्महरुको लेखन निर्देशन गरेका पुन जन दृष्टिकोण राष्ट्रिय साप्तिाहिक,संगीत यात्रा राष्ट्रिय मासिक,धार्चे मनास्लु राष्ट्रिय मासिक र मनास्लु पोष्ट दैनिक खवरका सम्पादक हुन ।