क्यान्सर पिडित लक्ष्मी पुर्जा पुन अस्पतालमा छट्पटाउदै , सहयोगका लागि परिवारको अपिल

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1987 पटक हेरिएको

 

मन बहादुर पुन 

काठमाडाै  । म्याग्दी जिल्ला मंगला गाँउ पालिका ४ बरंजा निवासी ४२ वर्षीय लक्ष्मी पुर्जा पुन ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत छिन ।

पाठेघर क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । काठमाडाैमा बस्दै आएकी  क्यान्सर पिडित पुनको थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगमा अपिल गरेका छन् ।

पिडित पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेकि छिन । हालसम्म १० लाख भन्दा बढी खर्च भइसकेको र अझै १० देखि १२ लाखसम्म खर्च हुने र घरको सबै सम्पत्ति  उपचारमा खर्च भइसकेको उनले बताइन ।

उनले भनिन सामान्य सिलाइ कटाइ गर्दै परिवार पाल्दै आएको छु । मेराे उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेको छु ।

उपचार खर्चमा सहयोग गर्नुहुनेले नेपाल इन्भेष्टमेन्ट बैकमा रहेको खाता न ०२१०५०३०२५२०२७ मा जम्मा गर्न सकिने उनको भनाई छ ।

बिरामी लक्ष्मी पुर्जा पुनकाे पुरा भिडियाे हेर्न तल क्लिक गर्नुहाेस । सके शेयर गरिदिनुहाेला । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार