तीन वर्षपछि स्वस्तिमा र पल सँगै पर्दामा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  191 पटक हेरिएको

काठमाडौं । केही दिनयता छायांकनको क्रम बढेको छ । यसैक्रममा अभिनेताहरू धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । चलचित्रको पर्दामा सँगै काम गर्न नपाए पनि अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

यसपटक यी दुईले नयाँ गीत ‘ए है माया…’मा मंगलबार सँगै काम गरेका छन् । आफू लामो समयदेखि घरमै बसेको र ढाड दुख्ने समस्या भएको गुनासो गर्दै आएकी अभिनेत्री स्वस्तिमाले सो दुखाइलाई बेवास्ता गर्दै नयाँ म्युजिक भिडियोमा काम गरेकी हुन् ।

लामो समयसम्म काम नगरेको कारण स्वास्थ्यमा समस्या आए पनि काम गर्दाको उत्साह र ऊर्जाले सो दुखाइ कम भएको पनि उनले बताएकी छन् । यो गीतको अभ्यासकै क्रममा समस्या देखिएको काम गर्न नसकिएला कि जस्तो उनलाई लागेको थियो । तर, काम सम्पन्न गरेकी छन् । पल शाह र स्वस्तिमाले यस अघिसँगै फिल्म खेल्ने चाहना नराखेका हैनन् । तर, अहिलेसम्म जुरेको छैन । सँगै म्युजिक भिडियो खेल्ने अवसर पनि तीन वर्षपछि जुरेको स्वस्तिमाको कथन छ ।

अभिनेता पल शाह म्युजिक भिडियोका स्टार भएको र उनीसँग लामो समयपछि काम गर्न पाउँदा खुसी लागेको स्वस्तिमाले बताएकी छन् । आफूलाई पलसँग फिल्ममा काम गर्ने इच्छा भएको पनि स्वस्तिमाको कथन छ ।

तत्कालै कुनै पनि चलचित्रको छायांकन गर्ने अवस्था नरहेकाले आफूहरू म्युजिक भिडियोमार्फत भए पनि सक्रिय रहेन कथन पनि अभिनेत्री स्वस्तिमाको छ । यो भिडियोमा काम गरेपछि अरू पनि केही भिडियोबाट उनलाई यतिबेला प्रस्ताव आएका छ । राम्रा गीत छानेर राम्रो टिमसँग भिडियोमा काम गर्ने योजना स्वस्तिमाको छ ।

लकडाउनपछि पलको भने यो दोस्रो भिडियो हो । यसअघि गत साता पनि पलले कलाकार सरोज ओलीकै गीतको भिडियोमा अभिनय गरेका थिए । यो गीत पनि सरोजकै हो ।

गायक सरोजले नै यो गीतको भिडियो निर्देशन गरेका हुन् । लामो समयदेखि पर्दामा सँगै नदेखिएको पल र स्वस्तिमालाई सानो पर्दामा तीन वर्षपछि उतार्न पाउँदा खुसी लागेको सरोजको कथन छ । सम्पादन सुरु गरिएको यो गीतलाई उनी केही दिनमै भिडियोको रूपमा रिलिज गर्दै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार