पर्यटन व्यवसाय ठप्प भएपछि मनाङवासी खेतीपातीमा व्यस्त

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  245 पटक हेरिएको

मनाङ : पर्यटन व्यवसायमा रमाएका मनाङवासी अहिले खेतीपातीमा व्यस्त छन्। पहाडी र तराई क्षेत्रमा वर्षमा तीन÷चार खेती उत्पादन गरिन्छ। तर मनाङमा वर्षमा एक पटक मात्रै खेतीबाली गर्न सकिन्छ। अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइ भए पनि हिमाली जिल्ला मनाङमा भने गहुँ, करु भित्र्याउँदै छन्।

विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध भएका मनाङवासी अहिले कोभिड १९ को संक्रमण फैलिएसँगै गरिएको बन्दाबन्दीले व्यवसायी ठप्प भएपछि भने खेतीपातीमा व्यस्त देखिन्छन्। व्यवसाय नै बन्द भएको समयमा मनाङवासीले खेतीपातीलाई प्राथमिकता दिएका छन्। जिल्लामै धान खेती नहुने मनाङका मुख्य बालीका रुपमा गहुँ, करु, फापर र आलु हुन्।  वर्षको एक पटक मात्र खेतीपाती गरिने यस जिल्लाका चार वटै गाउँपालिकाका फाँटहरुमा गहुँ, करु झुलिरहेका छन् भने फापर फुलिरहेका छन्। चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने गरिन्छ। हिमपात र अत्यधिक चिसोका कारण अरु समयमा यहाँ खेतीपाती हुँदैन।

धान खेती उत्पादन नहुने यहाँ धान, चामाल अन्य जिल्लाबाट आयात गर्नुपर्छ। ‘हामीले वर्षको एक पटक उत्पादन गरेको खेतीपातीले वर्ष दिनसम्म पु¥याउनुपर्छ, कि त बाहिरबाट ल्याउनुपर्छ,’ स्थानीय गजकुमारी गुरुङले भनिन्। गुरुङका अनुसार धान, चामाल, नुन, तेल लगायतका खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने हुन्छ।   पर्यटन क्षेत्र भएकाले यहाँका मानिसहरु होटल व्यवसायसँगै खेतीपाती गर्दै आएका मनाङवासी कोरोना महामारीले होटल व्यवसाय ठप्प भएपछि खेतीपातीमा मात्रै निर्भर भएका छन्। अत्याधिक चिसो बढ्ने समयमा यहाँका मानिसहरु जाडो छल्नका लागि मंसिर मसान्तदेखि जिल्ला बाहिर जाने गर्छन्। जाडो सिजनमा लगभग सबै गाउँघर खाली नै हुन्छ। जाडो सकेर फागुनको अन्तिम सातामा जिल्ला फर्किएर खेतिपातीमा लाग्ने गर्छन्।

जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकाका ङाओल, घ्यारु, पिसाङ, भ्राका मनाङगाउँ र खाङ्सारका फाँटहरुमा आलु, फापर, गहुँ, करु लगायतका अन्नबाली लगाउने गरिन्छ। तल्लो भाग चामे गाउँपालिका र नासों गाउँपालिकामा भने ती खाद्यान्न वालीसँगै मकै उत्पादन हुन्छ। नार्पाभूमि गाउँपालिकामा आलु, फापर, गहुँ र करु उत्पादन हुने गर्छ।  चैत महिनादेखि खेतीबाली लगाउने सिजन भए पनि पर्यटकीय सिजन पर्छ। त्यसैले यो समयमा पर्यटन व्यवासयमा व्यस्त हुने गर्दथे मनाङवासी। पर्यटकीय सिजनमा कमैले मात्र खेतीपाती गर्ने गरेका थिए। तर बन्दाबन्दीले गर्दा व्यवसाय ठप्प भएसँगै खेतीपाती गर्ने बढेका छन्। अहिले पर्यटन व्यवसाय ठप्प भएसँगै सबै मानिस खेतीपातीमा लाग्न बाध्य भएको स्थानीय विनोद लामाले बताए। ‘अहिले व्यापार छैन, खेतीपातीमा व्यस्त छौं, खेतीपाती नगरे खान पाउने अवस्था नै छैन, खेतीपाती र व्यवसाय चलाउँदा उत्पादनमा समय दिन सकेका थिएनौं, अहिले खेती पनि राम्रो र उत्पादन बढेको छ,’ उनले भने।

धान खेती नै नहुने मनाङको मुख्य बालीको रुपमा गहुँ, करु, फापर र आलु रहेका छन्। वर्षको एक पटक मात्र खेतीपाती गरिने यस जिल्लाका चार वटै पालिकाका फाँटहरुमा गहँु, करु झुलिरहेका छन् भने फापर फुलेका छन्। यी अन्नवाली चैतमा रोपेर असार साउनमा भित्र्याउने गरिन्छ। हिमपात र अत्यधिक चिसोका कारण अरु समयमा यहाँ खेतीबाली नै हँुदैन। धान खेती उत्पादन नहुने यस जिल्लामा धान, चामाल अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार