गीत संगीतबाट अरुण थापाको सम्झना

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  80 पटक हेरिएको

काठमाडौं । गायक अरुण थापाको गीतसंगीत प्रस्तुतसँगै उनको सम्झना गरिएको छ । थापाको २१औं स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै सोमबार भक्तपुरमा एक सांगीतिक कार्यक्रम आयोजना गरियो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुतीमा भक्तपुर सांगीतिक समाजले दिवंगीत गायक थापालाई सम्झिएको हो ।

कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अञ्जना श्रेष्ठ, नवीन्द्रलाल कर्माचार्य, गंगाराम रञ्जितकार, प्रवीन शाही, सहकुल अछामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले गायक अरुण थापाका गीतहरू प्रस्तुत गरे ।

उनीहरूले थापाका करोडौं मुटुहरूको एउटै…, चोट के हो…, जति माया लाए पनि…, म रोए पनि…, दोष कसैलाई दिन चाहन्नँ, आँखाको निद, ऋतुहरूमा तिमी, लाग्न थाल्यो जीवनमा, साँझको जुनसँगै…जस्ता गीतहरू सुनाए ।
गायक थापाको गायन यात्राबारे कार्यक्रम गीतकार सुवास चन्द्र ढंगेल, प्राज्ञ ध्रुव मधिकर्मी, संगीतकर्मी अल्बर्ट बज्राचार्यलगायतले चर्चा गरे । क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा २१ वर्षअघि साउन ५ मा अरुण थापाको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार