साम्राज्ञी बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  140 पटक हेरिएको

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

साम्राज्ञीले गालीगलौज तथा मानहानि गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले उक्त चलचित्र सुटिङको क्रममा निर्माण युनिटले आफुलाई वेवास्ता गरेको टिप्पणी गरेपछि भुवन केसी र साम्राज्ञीको एकअर्का विरुद्ध सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको थियो । साम्राज्ञीले वेवास्ता गरेको सार्वजनिक गरे लगत्तै केसीले साम्राज्ञीले जुन थालमा खायो त्यहि प्वाल पारेको प्रतिक्रिया दिएका थिए ।

विवाद बढ्दै जाँदा साम्राज्ञीले अवार्डका लागि जापान जाँदा केसीले दुव्र्यवहार गरेको कुरा गरिन् । प्रतिउत्तरमा केसीले कलाकार संघमा न्याय पाउँ भन्दै उजुरी हाले । अहिले उनीहरु शान्त छन् । तर, केसीले आफुलाई गाली बेइजेती गरेको भन्दै उजुरी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार