१९ फागुन, काठमाडौं । पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा आउँदो बैशाखदेखि सुविधासम्पन्न चारतारे होटल सञ्चालनमा आउने भएको छ । होटल सेन्टर प्लाजा प्रालिले कोहलपुर नगरपालिका-४ महेन्द्रनगर रोडमा होटल सेेन्टर प्लाजा सञ्चालनमा ल्याउन लागेको हो ।
१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल ४० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । बैशाखको दोस्रो हप्ता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटलमा ७७ रुम क्षमता रहने छ ।
होटल निर्माणबाट स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिमम जाने आन्तरिक र बाह्य पर्यटकलाई सुविधा पुग्ने सञ्चालक देवानन्द अर्यालले बताए । भुकम्पपश्चात होटलको संरचना केही परिवर्तन गरिएको उनको भनाइ छ ।
‘होटल पुर्णरुपमा पारिवारिक माहोलसहित सुविधासम्पन्न हुनेछ,’ उनले भने । होटलमा ३२ स्क्वायर फिटको स्वीमिङ पुल, दुईवटा बार, तीनवटा सेमिनार हल रहेका छन् ।
तीनवटा सेमिनार हलहरुमा क्रमश ३० जना, १ सय जना र १ हजार जनाको क्षमता रहेको सञ्चालक अर्यालले बताए । होटलमा स्पा, जिम, सपिङ कम्प्लेक्स, बेकरी