क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  134 पटक हेरिएको

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टिनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्वास्थ्यचौकीमा युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार