(राजपा)ले गर्यो आन्दोलनको घोषणा

  मनास्लु पोष्ट  654 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने, १४ गते लाठी जुलुस प्रदर्शन गर्ने, १५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने, १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र १७ गते मलास जुलुस निकाल्ने तय गरिएको छ । यस्तै जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ १९ गते मनोनयन दर्ता गर्ने दिन तय गरिएकोमा सोहि कार्यक्रमलाई प्रभावित पार्ने गरी गठबन्धनले बन्दको आह्वान गरेको हो । पत्रकार सम्मेलनमा यो पहिलो चरणको आन्दोलनको घोषणा गरिएको र १९ गतेपछि थप सशक्त आन्दोलनको घोषणा गरिने जानकारी दिइयो ।
राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ । सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार