थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  92 पटक हेरिएको

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२ जनाको पिसीआर परीक्षण गरिएकोमा ३३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना सङ्क्रमणमुक्त भएर १४० जना घर फर्किएका छन् । हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ४९३ रहेको छ । मुलुकभर क्वारेन्टिनमा १० हजार ७५९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकभर ६ हजार ७३८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार