विप्लव समूह नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन कारागार चलान

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  317 पटक हेरिएको

कैलाली ।नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका श्रेेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडानम्बर ७ बेलीबाट उनलाई प्रहरीले कटुवा पेस्तोल रगोलीसहित असार ३१ गते पक्राउ गरेको थियो ।

प्रहरीले पुनमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार