फेशबुकले ल्यायाे नयाँ कानुन

  मनास्लु पोष्ट  736 पटक हेरिएको

 फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ ।यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।

यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ । त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ । यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर ।

फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरू प्रयासरत रहेको बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार