शिल्पा हुँदा हुँदै छविराजले भित्र्याए साम्राज्ञी !

  मनास्लु पोष्ट  852 पटक हेरिएको

काठमाडौं– निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेल हुँदा हुँदै अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भित्र्याएका छन् ।

 

निर्माता ओझाले नायिका साम्राज्ञीलाई चलचित्र ‘मंगलम’मा भित्राएका हुन् । चलचित्रमा उनको भूमिका कस्तो छ भन्ने खुलाइएको छैन । तर, साम्राज्ञीको बढ्दो लोकप्रियतालाई देखेर नै छविले यसो गरेका हुन् भन्ने वुझ्न गाह्रो पर्दैन ।

 

तर, नायिका साम्राज्ञी भने छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र ‘मंगलम’लाई आफ्नो सूचीमा नै राख्दिनन् ।अनलाइनखबरसँगको कुराकानीमा उनले निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई चौथो चलचित्र भनिन् ।

 

अनी, ‘मंगलम’ सहित त पाँचवटा हुन्छ नी होइन भन्ने प्रश्नमा उनले भनिन्, ‘होइन मैले पूर्ण नायिकाको रुपमा काम गरेको चलचित्रको कुरा गरेको हो । ‘मंगलम’मा मेरो केमियो हो ।’ भलै, साम्राज्ञीको भूमिका ‘मंगलम’मा कम होला ।

 

तर, काम गरिसकेपछि आफूले काम गरेको चलचित्रको सूचीमै नराख्दा निर्माताको मन दुख्नदैन र ? साम्राज्ञी अहिले एक पछि अर्को चलचित्रमा काम गर्दैछिन् । साम्राज्ञीलाई अब संख्यात्मक चलचित्रमा बढी ध्यान दिन थालेको आरोप समेत लाग्न थालेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार