चौदण्डीगढी, १३ जेठ । संघीय समाजवादी फोरम नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकामा चुनावी अभियान सुरु गरेको छ ।
समाजवादी फोरम र नयाँ शक्तिले संयुक्त रुपमा अभियान सुरु गरेको हो । दुवै दलको तर्पmबाट चौदण्डीगढी नगरपालिकाको मेयर पदमा कुमारचन्द्र राईलाई उम्मेदवार बनाएको छ ।
समाजवादी फोरम चौदण्डीगढी नगर समितिको सिफारिसकै आधारमा राईलाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिको हो ।
‘चौदण्डीगढी नगर समितिले कुमारचन्द्र राईलाई सिफारिस गर्ने निर्णय गरेको छ,’ किरात प्रदेश समितिका कोषाध्यक्ष गणेश राईले भने, ‘उपमेयरको ठाउँचाहि अहिले खाली छ ।’
चौदण्डीगढी नगरपालिकामा १० वटा वडा छन् । जसमध्ये चारवटा वडामा वडा अध्यक्षको उम्मेदवार समेत टुंगो लगाइएको छ ।
वडा नम्बर ८ मा शुक्र राई, ९ मा विना राई, ६ मा बलधन राई र ४ मा भुपेन्द्र राईलाई उम्मेदवार बनाइएको छ ।
बाँकी वडाको अध्यक्ष सदस्य र खाली रहेको उपमेयरको उम्मेदवार दिनभित्रै उम्मेदवार छनोट गरिने बताइएको छ । वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको वडामा समाजवादी फोरमको पकड रहेको राईले बताए ।