मनास्लु पोष्ट नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा तीजको गीत रेर्कडिङ गर्न गायक गायिकाहरुको होडवाजि चल्न थालेको छ । आजभोली काठमाडौमा रहेका प्राय रेकडिङ स्टुडियोहरुमा धमाधम तिजको गीत रेकडिङ भइरहेका छन । तीज गीत रेकडिङको भिडभाडमा हेमराज थापा र ज्वोती मगरले पनि ललिपप भाग–२ ,भुलाउन नखोज मलाई ललिपपले तीजको गीतमा स्वर दिएका छन । कृष्ण रोकायाको प्रस्तुति लोप्पुसिंह ठकुरीको शव्द र हेमराज थापाको लय रहेको गीतलाई रक्षा म्यूजिकले बजार ब्याबस्थापन गर्ने भएको छ ।
यो गीत अरु भन्दा फरक खालको भएकोे र ज्वोती मगरले नै मोडलिङ गर्ने भएकोले ज्वोती मगर फेरी विवादमा फस्ने संभावना देखिएको छ । ज्वोती मगरका जुनसुकै गीत बर्षेनी विवादमा आएपनि चर्चा भने उतिकै कमाएकि छिन । मौलिक पन भन्दा गल्यामरलाइ जोड दिने ज्वोती मगरलाई केही सिमित मान्छेको गालीहरु ज्वोतीलाइ माया गर्ने दर्शक श्रोताको तालीले मेटाइसकेको बताउछिन ।