अभिनेत्री श्वेता नयाँ फिल्ममा अनबुन्धित

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  184 पटक हेरिएको

काठमाडौं । गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो । सो ट्युमर अप्रेसनका लागि अभिनेत्री श्वेता खड्काले सो फिल्मको काम छाड्नुपरेको थियो । जसमा उनको ठाउँमा अर्को नायिकालाई लिएर छायांकन गरिएको थियो ।

भारतको दिल्लीमा केही समयबसेर आफ्नो उपचार गराएकी अभिनेत्री श्वेता अहिले पूर्ण पमा ठीक भइसकेकी छन् । अब भने उनी फिल्ममा आउने भएकी छन् । उनको नयाँ चलचित्र रिलिज नभएको तीन वर्ष पुग्न लागेको छ । तीन वर्षअघि अभिनेत्री श्वेता चलचित्र ‘कान्छी’मा देखिएकी थिइन् ।

अभिनेत्री श्वेता यतिबेला आफू नयाँ फिल्ममा अनुबन्धित भएको बताएकी छन् । सो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गर्न बाँकी रहेकाले अहिले खुलाउन नमिलेको उनले बताएकी छन् । अभिनेत्री श्वेतालाई सो फिल्मको कथा साह्रै मन परेपछि आफूले फिल्म खेल्न एग्रिमेन्ट गरेको यी नायिकाले बताएकी छन् ।

यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमले यो नयाँ चलचित्रमा श्वेतालाई आमाको भूमिकामा उतार्ने भएका छन् । श्वेताको छोरीकी रूपमा सेड्रिना शर्मालाई लिने भनिएको छ ।

अहिले आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेकी श्वेताले चलचित्रलाई पनि निरन्तरता दिने बताएकी छन ्। दिवंगत पति श्रीकृष्ण श्रेष्ठले उनलाई फिल्म कहाँ भेटिएलाबाट नायिकाको रूपमा ल्याएका थिए । त्यसैले, आफ्नो पतिको त्यो सपना पूरा गर्न पनि श्वेताले फिल्ममा नायिकाको रूपमा निरन्तता दिने भएकी छन् ।

नयाँ फिल्ममा अनुबन्धितबारे अभिनेत्री श्वेताले भनिन्, ‘अनुबन्धित भएको कुरा सही हो । कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ र अहिले त्यसको तयारीमा जुटेकी छु ।’ उनले अगाडि थपिन्, ‘कोरोना महामारीपछि यही फिल्म गर्नेछु । त्यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दै छु र त्यसको पनि अहिले कथामा काम हुँदै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार