काठमाडौ । बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर बिभिन्न बिधामा सम्मानको प्रारम्भ गरेको “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड २०७४ को नोमिनेशनमा १७ जना स्टार छनौट भएको छन भने रनिङ्ग स्टार अर्वाड भने आषढ मसान्त भित्र टुङ्गो लगाउने भएको छ । मनास्लु मिडियाद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड – २०७४ यहि मंसिरमा हुने भएको छ । “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड–२०७४मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै विकास र विस्तारमा लागेका व्याक्तित्वहरुलाई वान स्टार पदवी सहित अर्वाडद्धारा सम्मान गरिने बताइएको छ । १७ विधाहरुमा अर्वाडका लागी ३७३१ व्यक्ती÷संस्थाले मनोनयन दर्ता गरेका थिए । नोमिनेशनमा छनौट भएकाको नामावाली रनिङ्ग छनौट पछि एक कार्यक्रम गरि सार्वजनिक गरिने भएको छ ।