एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  129 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । बैठकले नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो ।

‘अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै पार्टी स्थायी कमिटीको बैठक आज बेलुका ४ः०५ बजे उत्साहका साथ सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्, ’असार १० गते शुरूभएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार