दुनै(डोल्पा )
आजको जमानामा संञ्चार क्षेत्रमा भएको तिब्र विकासले गर्दा विश्वलाई साँघुरो बनाईदिएको छ ।कुनै एक कुनामा बसेर बिश्वका जुनसुकै ठाँउ नियाल्ने अवसर जुटाईदिएको छ संञ्चार जगतले ।नेपालका ठुला सहरहरुम समेत पछिल्लो समयमा बिश्वमै पहिलो स्तरको सबैभन्दा तिब्र गतिमा चल्ने फोर.जी ईन्टरनेट सेवाको विस्तार भईसकेको छ ।
सम्पर्क विहिन उपल्लो डोल्पा
नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा हो यसको आधा भु–भाग उपल्लो डोल्पाले ओगटेको छ ।राज्यले दुर्गम जिल्ला डोल्पाको उत्तरी भेग उपल्लो डोल्पामा भने अझैसम्म फोन सेवाको पहँुच बिस्तार गर्न सकेको छैन् ।उपल्लो डोल्पा बर्षौ देखि संञ्चार विहिनहुँदा पनि राज्यलाई तातो लागेको छैन् ।ईन्टरनेट सुविधा पाउनु त उपल्लो डोल्पालीको लागि सपनाको कुरा हो ।“यो जुनीमा घरबाटै मोबाईल फोनबाट कुरागर्न पाईन्छकी भन्ने आसा समेत मारी सकेकाछौ,संञ्चारको सुविधा नहुँदा बस्ती बसाईए देखि अझैसम्म आफुहरु जंगली युगमा बाँचीरहेको महशुस गेर्ने गरेका छौँ”डोल्पो बुद्ध गाँउपालिकाका–१ का अध्यक्ष ग्याल्बो भोटेले गुनासो गरे ।
फोन सुविधा नभएकै कारण उपचार नपाएर दर्जनौ मरे
उपल्लो डोल्पामा फोन सम्पर्क नभएकै कारणले दर्जनौ सर्वसाधारणहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउन परेको कुरा अनौठो होईन् ।छार्काताङसोङ गाँउपालिका का प्रमुख सेनाङ गुरुङ्का अनुसार “उपल्लो डोल्पाली कसैको घरमा फोन छ,नत गाँउमा नै ,बिरामी परेर मर्नै आँटेपनि फोन सम्पर्क गरेर स्वास्थ्यकर्मी बोलाउने अवस्था छैन् ।उनले भने “जटील प्रकारको बिरामिलाई उपचारका लागि जिल्ला बाहिर लैजानको लागि लाखौँ खर्च गरेर हेलीकोप्टर बोलाउँछु भन्दा पनि फोन सम्पर्क नभए अकालमै घरमै मर्नु उपल्लो डोल्पालीको नियती नै बनिसकेको छ प्रमुख गुरुङले थपे ।संञ्चार सम्पर्क नहुँदा दर्जनौ सर्वसाधारणहरुले ज्यान गुमाई सकेकाछन् उनले बताए ।गत बर्षमात्रै यार्सागुम्बा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको दुईजनाको अकालमै ज्यान गएको थियो ।बिरामि पर्दा उपचारको लागि हेलीकोप्टर बोलाउन फोन सुविधा नभएपछि अकालमै ज्यान गुमाउनु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले बताए ।एकातिर भौगोलिक चुनौती तथा अर्को तिर फोन सुविधा नहुँदा उपल्लो क्षेत्र खटाईएका प्रहरी टोली समेत उपल्लो डोल्पा जान आनाकानी गर्ने खड्काको भनाई छ ।
शान्ति सुरुक्षा कायम गर्न चुनौती
उपल्लो डोल्पा यसैपनि भौगौलिक रुपमा बिकट क्षेत्र भएकाले शान्ति सुव्यबस्था कायमगर्न चुनौती भएको स्थानीय प्रशासनले जनाएको छ ।फोन असुविधाको कारण हप्तौ अगाडी घटेका ठुला ठुला घटनाहरुको जानकारी हप्तौ पछि आउने गरेकाले अपराधि अपराध गरेर उम्किने मौका पाउने गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक खड्को भनाई छ ।संञ्चारको पहँुच नभएकै कारण उपल्लो डोल्पामा अपराधिक चहलखेल समेत बड्ने गरेको उहाँको भनाई छ ।
राज्यसंग मोवाईल टावरको माग गर्दै थाके उपल्लो डोल्पाली
उपल्लो डोल्पामा मोवाईल फोन सेवाको बिस्तार गराईदिन भन्दै पटक पटक हप्तौँ हिँडेर सदरमुकाम पुगे ।सम्बन्धित निकायमा गुनासो गरे तर उपल्लो डोल्पालीको बास्तविक दैनिकी कसैले बुझ्न सकेने ।उनिहरुको माग कसैले पनि सुनेन् ।यहाँका छार्का,मुकोट,तिन्जे,मुकोट,साल्दाङ अझैपनि राज्यबाट सम्पर्क विहिन छन् ।उपल्लो डोल्पामा संञ्चार सेवा बिस्तारको लागि राज्य सँग भन्दा भन्दा थाकिसक्यौ अझै तर सुनुवाई भएन् शे–फोक्सुन्डो गाउँपालिकाका प्रमुख तसी टुन्डुप गुरुङले बताए ।उपल्लो डोल्पाबाट चार पाच दिन हिँडेर फोन सुविधाको माग गर्न पटक पटक आएपनि सुनुवाई नभएकोमा उनले दुख ब्यक्त गरे ।राज्यले भनोस उपल्लो डोल्पाली पशुहुन,उनिहरुलाई संञ्चार सेवा चाहिँदैन,उनिहरुलाई माग संबोधन गर्नु हाम्रो कर्तव्य होईन,होईन भने उपल्लो डोल्पामा शिघ्र मोवाईल फोन सेवा बिस्तारको लागि पहल गरोस भन्दै उनले आक्रोस ब्यक्त गरे ।
क्याराभान नायक थिन्लेको क्षेत्र उपल्लो भोट
उपल्लो डोल्पा अन्र्तराष्ट्रिय चलचित्र अर्वाड ओस्कारमा पुग्न सफल विश्व चर्चित चलचित्र क्याराभान नायक थिन्ले लुन्डुप लामाको क्षेत्र हो ।डोल्पामा क्याराभान फिल्म बनेकै कारण डोल्पा भन्ने बित्तिकै उपल्लो डोल्पाको भुगोल चिन्ने र डोल्पाली भन्दा थिन्लेलाई चिन्ने त्यो क्षण आजसम्म आईपुग्दा भुलिसकिएको छ ।बिकट क्षेत्रमा जन्मेका स्वर्गीय थिन्लेले डोल्पा मात्र चिनायन् नेपालको गरिमा समेत विश्वसामु ठड्याईदिए क्याराभानमा अभिनय गरेर तर आज तिनै ब्यक्तित्व थिन्लेको गाँउ घर उपल्लो डोल्पामा संञ्चारको पहँच पुग्न नसक्दा उपल्लो डोल्पालीले जंगली जीवन बिताईरहेकाछन् ।उपल्लो डोल्पा धार्मिक,साँस्कृतिक,ईतिहाँसिक तथा पर्यटकिय हिसावमा सम्पन्न भएपनि बिकास तथा प्रचार प्रचार बिना ओझेलमा परेको उपल्लो डोल्पालीले गुनासो गरे ।उपल्लो डोल्पा क्याराभान नायक थिन्लेको क्षेत्र भनेर पनि राज्यले विर्सिएकोमा उपल्लो डोल्पालीले दुख व्यक्त गरे ।
फोनबाट एक मिनेटमै हुने कामका लागि घण्टौ हिँड्नु पर्ने बाध्यता
डोल्पा त्यसमा पनि उपल्लो डोल्पा भौगोलिक हिसाब एकदमै बिकट छ ।बिकट भएकै कारणले एउटा गाँउ बाट अर्को गाँउसम्म पुग्न घण्टौ लाग्दछ ।त्यसै पनि बिकटताले कष्टकर बनाईदिएको उपल्लो डोल्पालीको दैनिकी अझ आजको जमानामा फोन सेवा नहँदा दैनिकी झनै कष्टकर बनिरहेको उपल्लो डोल्पालीले गुनासो पोखे ।उपल्लो भेगका कुनै गाँउमा हुने पुजा आजा तथा चाडपर्वको अवसरमा आफन्त तथा छिमेकीलाई खवर गर्न घण्टौँ हिँड्नु पर्दछ ।फोनबाट एक मिनेटमै हुने कामका लागि अग्ला अग्ला लेक काटेर घण्टौँ हिँडेर आफै पुग्नु पर्ने बाध्यता छ स्थानीय निमा लामाले भने फोन सम्पर्क नहँुदा छिमेकीलाई खवरगर्न गएकोमान्छे समेत कतै बिरामि भयो पुग्यो वा पुगेन भन्ने पनि पत्तो हँुदैन् उनिहरुको गुनासो छ ।आफन्तहरु सँग सन्चो बिसन्चो समेत सोध्न बाध्यता छ ।अझै हामि आधिम युगमा बाँचिरहेका छौँ उपल्लो डोल्पालीको गुनासो छ ।
स्थलगत अध्ययन् भयो तर काम सुरु भएन
उपल्लो डोल्पालीको तिब्र गुनासो पछि उपल्लो डोल्पाका केही स्थानहरुमा नमस्ते तथा स्काई मोवाईल फोन बिस्तारगर्नका लागि सर्भे समेत गरिएको थियो ।सर्भे गरिएको तिन महिना बितिसक्दा पनि काम सुरुगर्ने बिषयमा कुनैपनि जानकारी नआएको दुरसञ्चार कार्यालय डोल्पाले जनाएको छ ।
बिग्रेका भि–स्याट फोनको मर्मत समेत हुन सकेन
उपल्लो डोल्पालीको दैनिकीलाई केही सहज बनाउन उपल्लो डोल्पाका साल्दाङ,धो,मुकोट,छार्का लगायतका गाविसमा भि स्याट फोन सुविधाको ब्यबस्था गरिएको थियो ।मामा नै नहुनु भन्दा कानो मामा जाती भन्ने उखान जस्तै केहीसमय ठिकै सुविधा दिएको भि–स्याट फोन अहिले उपल्लो डोल्पाको धो,मुकोट तथा फोक्सुन्डोमा मात्र संञ्चालनमा रहेको छ ।साल्दाङ,भिजेर,छार्का लगायतका स्थानहरुमा त्यही भि –स्याट फोन समेत बिग्रेको महिनौ भईसकेको छ तर यसको मर्मतका लागि सम्बन्धित निकायलाई तातो नलागेको उपल्लो डोल्पाका स्थानीय धावा गुरुङले बताए । संञ्चालनमा रहेको भि स्याट फोन पनि मौसमा आधारीत छ ।घाम लागे चल्छ नलागे चल्दैन् संञ्चालनमा आएको बेला पनि एक मिनेट फोन गर्न चिसोमा कठ्याङग्रीदै पालो पर्खिनु पर्दछ ।पाँच छ पटक फोन डायल गरिसकेपछि मात्रै फोन लाग्छ बल्ल तल्ल लागेको फोन पनि राम्रो सँग आवाज सुनिदैन् शे–फोक्सुन्डोका स्थानीय निमा गुरुङले गुनासो गरे ।
सरकारी तथा गैह्र सरकारी कामकाज समेत निस्प्रभावी
पmोन तथा ईन्टरनेट सुविधाको पँहुच नहुँदा उपल्लो डोल्पाका सरकारी तथा गैह्र सरकारी संघ संस्थाको नियमित कामकाज समेत प्रभावकारी बन्न सकेको छैन् ।संञ्चारको पँहुच नभएकाले उपल्लो डोल्पामा स्थापना गरिएको सरकारी तथा गैह्र सरकारी संस्थाको कामकाज समेत अपेक्षा गरे अनुरुप संञ्चालन गर्न नसकिएको र त्यसको प्रतिफल समेत सन्तोषजनक नभएको सरोकारवालाहरुले बताए । नागरिक समाजको अगुवाईमा हेलो सरकारमा उजुरी
उपल्लो डोल्पामा संञ्चार पहँचु पु¥याउन विभिन्न कदमहरु चालिएतापनि केही सिप नलागेपछि माग सुनुवाईहुने आसा राख्दै हेलो सरकारमा गुनासो टिपाएकाछन् ।नागरिक समाज डोल्पाको अगुवाईमा गएको जिल्ला स्थित विभिन्न सरोकारवाला पक्षहरु सहितको भेलाले उपल्लो डोल्पामा फोन सेवा स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिदिनको लागि गत आईतबार हेलो सरकारमा गुनासो टिपाएको छ ।
नागरिक समाज डोल्पाद्धारा लिखित माग पत्रमा माथिल्लो डोल्पाको छार्काताङसोङ गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र शे–फोक्सुन्डो गाँउपालिका भरपर्दो मोबाईल टावर राखिदिन तथा बिग्रेका भि–स्याट फोनको मर्मत गरिदिन,माथिल्लो भोट क्षेत्रमा यथाशिग्र मोवाईल सेवा बिस्तार गर्ने लगाएतका सात बुधे माग सहित हेलो सरकार कार्यक्रममा गुनासो टिपाएको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिनुभयो ।डोल्पामा फोन सेवा बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जलाई २०७३ चैत्र ४ नागरिक समाज डोल्पाले ७ बुधे माग पत्र बुझाएपनि यसको प्रभावकारी सुनुवाईहुन समेत हुन नसकेको नागरिक समाजका अध्यक्ष बुढाले गुनासो गर्नुभयो ।
प्राकृतिक प्रकोप तथा विपद् व्यबस्थापन गर्न चुनौती
पउपल्लो डोल्पामा संञ्चार सुविधा नहँुदा ठुला–ठुला प्राकृतिक प्रकोप तथा विपदमा समेत समयमै जानकारी नआउँदा उद्धारकार्य गर्न समस्याहुने गरेको स्थानीय ओम मगरले बताउनुभयो ।संञ्चार सुविधा नहँुदा यदी विपद् परिहाल्यो भने पनि तत्काल उद्धारकार्यमा घटनास्थल समस्याहुने गरेको उहाँको भनाई छ ।उहाँका अनुसार डोल्पामा रहेको नेपाल टेलीकमको सेवा सदमुकाम आसपासमा भएपनि मध्य तथा तल्लो डोल्पामा रहेको मोबाईल टावरले समेत आशिंक रुपमा कामगर्ने भएकोले भएको संञ्चार सेवा समेत त्यती भरपर्दो सुविधा नभएकोमा गुनासो गर्नुभयो ।अहिले डोल्पामा ६ वटा मोबाईल टावर निर्माण गरिएपनि भरपर्दो सुविधा दिन भने नसकेको डोल्पालीको गुनासो छ ।
जिल्लाले पहल ग¥यो तर क्षेत्र र केन्द्रले सुनेन्
डोल्पामा फोन सेवा नहँुदाको समस्या पटक–पटक नेपाल टेलीकमका क्षेत्रीय तथा केन्द्रिय कार्यालयहरुमा पठाउने गरेपनि सुनुवाई नभएको दुर संञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिए ।जिल्लामा कति ठाँउमा मोवाईल टावर छन्,कती ठाँउका बिग्रेकाछन्,कति ठाँउका संञ्चालनमा छन् लगायतका डोल्पाको संञ्चार सुविधा र असुविधाको बारेमा जानकारी क्षेत्र तथा केन्द्रमा पठाउने काममात्रै आफुहहरुको रहेको र कुन ठाँउमा मोबाईल टावर राख्ने,कहिले बनाउने वा नबनाउने भन्ने जिम्मेवारी माथिल्लो निकायकै भएकाले उपल्लो डोल्पामा पनि टावर राख्ने बिषयमा स्थलगत सर्वेक्षण भएपनि तत्काल का सुरु गर्ने भन्ने बिषयमा माथिबाट कुनै पनि जानकारी नआएको उनको भनाई छ ।
पर्यटकलाई समस्या
उपल्लो डोल्पामा संञ्चार सेवाको विकासहुने नसक्दा नियमित आउने पर्यटकहरुलाई समस्याहुने गरेको पर्यटन व्यबसायीहरुले बताएकाछन् ।जिल्ला सदरमुकाम दुनैबाट भित्र छिरीसकेपछि कुनैपनि ठाँउमा फोन नलाग्ने भएकाले पनि पछिल्लो समयमा पर्यटकहरुको सङ्ख्यामा कमी आएको उनिहरुले बताए ।यसै पनि उपल्लो डोल्पामा बौद्धमार्गीहरुको ईतिहाँसिक शे–गुम्बा,विश्वकै अग्लो मानव बस्ती धो तराप बस्ती लगायतका क्षेत्रहरु समेत ओझेलमा पर्दैआएका छन् ।उपल्लो डोल्पा वहुमुल्य जडीबुटी यार्सागुम्बा लगायतका विभिन्न जडीबुटीको पकट क्षेत्र मानिन्छ ।सम्म परेका ठुला ठुला घाँसे मैदानहरु समेत उपल्लो डोल्पामै पर्ने भएकाले पशुपालन व्यबसायका लागि पनि उपल्लो डोल्पा महत्वपुर्ण क्षेत्रको रुपमा रहेको छ ।