स्याङजामा पहिरो : एकै घरका ९ सहित १० जनाको मृत्यु

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  194 पटक हेरिएको

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढेसंगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको सबै भन्दा बढी विकासको नाममा विना इन्जिनियरिङ नापजाच सडक खन्ने प्रचलनले स्याङ्जाका बस्तीहरु जोखिम मोल्न बाध्य छन् । सडककै कारण स्याङ्जामा एकै दिन १० जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

स्याङजामा बिहीबार बिहान गएको पहिरोमा परी एकैघरका ९ जनासहित १० को मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वालिङ नगरपालिका १४ तमादिका एकै घरका ९ जना र कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । पहिरोमा परी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाका एक बालक छन् । यसैगरी, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दिपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ बर्षे बिबश नेपाली र कालीगण्डकी गाउँपालिका- ४ का बावुराम दमाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

मंगलबारदेखि अविरल रुपमा परेको बर्षादले माथिबाट आएको पहिरोले घर पुरिएको थियो । सडकलाई फराकिलो बनाउने अभियानले डोजर प्रयोग हुदा पुरै डाडो नै चर्किएको अवस्था छ । कुनै बेला अझै ठुलो पहिरो जान सक्ने स्थानीय खुमप्रसाद लुईटेलले बताए । ०७२ सालको भुकम्पले हल्लाएको डाँडो र सडक फराकिलो बनाउँदा प्रयोग भएको डोजरका कारण पहिरो गएको लुईटेलले बताए । बिहान पख पहिरो गएकाले शव निकाल्न सहज भएको उनको भनाई छ । उनका अनुसार माईलो छोरा भारतमा रहेका र कान्छी छोरीलाई जिवितै उद्धार भएकाले अरु सबैको ज्यान गयो ।

पहिरोले घर पुरिएको खबर पाएपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित वालिङ नगरपालिका जनप्रतिनिधि समेत उद्धारका लागि पुगेका थिए । घट्ना थाहापाए लगत्तै घट्नास्थलमा पुगेर सबै सुरक्षाकर्मी र स्थानीयहरुको सहयोेगमा उद्धार गरिएको शसस्त्र प्रहरी बल ३० नम्बर गुल्म स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक मोहोन न्यौपानेले बताए । पटक पटक स्थानीयले पहिरोको जोखिम भएकाले नबस्न आग्रह गरेको र अन्य दिनमा बाहिर सुत्ने गरेपनि बुधबार राति घरमै सुतेकाले दुर्घट्ना हुन पुगेको नयौपानेले बताए ।

पानी परेपछि पहिरोको जोखिमका कारण बाहिर बस्दै आएका नेपालीका परिवार गएराति भने सोही घरमा सुतेका थिए । बिहान एक्कासी पहिरो खसेपछि उनीहरुको ज्यान गएको हो । पहिरोमा परी ४ महिला, ४ पुरुष र एक ७ महिने नावालकको ज्यान गएको हो । तमादिमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन । पहिराका कारण दर्जनौं सडक अवरुद्ध छन् ।

स्याङ्जामा सडकको पहिरोको कारण अहिलेसम्म करिब १८ जनाको ज्यान गइसकेको छ । नागरिकको आधारभुत आवश्यकतामा लिने गरिएको सडक निर्माण गर्दा बस्ती जोखिम नहुने गरी इन्जिनियरीक नापजाचबाट बनाउन सकिने हो भने पहिरोका कारण नागरिकको ज्यान जाने थिएन होला । यस विषयमा सम्वन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार