थप एकहजार ४९७ सङ्क्रमितसहित ६९ हजार ३०१

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  99 पटक हेरिएको

काठमाडौं, असोज ८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे ।

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ ।

हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

पछिल्लो चौबीस घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार