चर्चित गायक जेबी ओलीको “काली आई लभ यु” सार्वजनिक (भिडियो सहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  184 पटक हेरिएको

चर्चित गायक एबं सर्जक जेबी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा जेबी ओली र मेलिना राईको स्वर रहेको छ भने जेबी ओली कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जेबी ओलीले आफ्नो सांगीतीक क्षेत्रलाई निरन्तरता दिनलाई केही समयपछि यस गीत बजारमा ल्याएको बताएका छन् ।

यस गीतलाई सबैले माया गरिदिनुहुने छ भन्ने कुरामा बिश्वस्त समेत रहेको उनले बताए । अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले यस गीतको भिडियो निर्माण गरिएको छ । भिडियो निकै उत्कृष्ठ बनेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार