लुगुम्याल समाजले पठायो क्यान्सर पिडित फुल बुढा मगरलाई घर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  687 पटक हेरिएको


मन बहादुर पुन

काठमाडौ । पाटन अस्पतालमा उपचारार्थ ब्लड क्यान्सर पिडित फुल बुढा मगरको स्वास्थ्यमा धेरै सुधार आएपछि लुगुम्याल समाजले उनलाइ आज घर पठाएको छ । भुमे गाँउपालिका २ पुर्वि रुकुमकी क्यान्सर पिडित फुल बुढा मगरको उपचारको लागि लुगुम्याल समाजको संयोजनमा फुल बुढा मगर बचाउ अभियान समिति बनाई आर्थिक सहयोगमा जुटेकोथियो ।
सगरमाथा गेष्टहाउस नयाँ बसपार्कमा भएको बिदाइ कार्यक्रममा आर्थिक अबस्था निकै कमजोर रहेको फुल बुढा मगरको जिबन बचाउन सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई लुगुम्याल समाजका अध्यक्ष हर्क बहादुर घर्ती मगरले धन्यवाद दिए भने अझै उपचारको लागि केहि रकम आवश्यक भएकोले सहयोगको अपिल गरे ।
हर्क बहादुर घती मगरको अध्यक्षतामा उपाध्यक्ष माल बहादुर पुन महासचिव,   दिल कुमारी बुढा काेषाध्यक्ष  दिल कुमारी घर्ती , सदस्य सुन्दर पुन, जुन कुमारी पुन, जित बहादुर पुन, कर्म पुन,  दम बहादुर गुरूङ, जीवन कुमार घर्ती मगर, शिर प्रशाद बुढा मगर, कुमारी पुन, रेखा घर्ती मगर,सविना पुन, कुमारी घर्ती  सल्लाहकार श्री बहादुर पुन, हिरा बहादुर बुढा प्रगण्ड पुन रहेको लुगुम्याल समाजले समाजसेवी मदन रोका मगरको संयोजनमा लालमाया बुढा, सुमित्रा बुढा, दया बुढा र जिवन कुमार घर्ति मगरको आर्थिक संकलन उप समिति बनाइ सहयोग संकलनमा जुटेको थियो ।
फुल बुढा मगरको उपचारको लागि लुगुम्याल समाज काठमाडौ १,४०,०६२, लुगुम्याल समाज युके ५०,०००, लुगुम्याल समाज जापा ५२, ७६१, दलमान पुन (सेसल) ७८,४००, थबाङ्गगी समाज काठमाडौ, १०,०००, समाजसेवी अमला रोका १०,००० काली गण्डकी बचत तथा ऋण सहकारी संस्था २६,५००, लाल कुमारी बुढा १७,३००, मेघ बहादुर रोका मगरको नेतृत्वमा मलेशिया २५,६००, बलाराम घर्ती मगर को नेतृत्वमा भारत १६,०००, जोगिस्वर बुढा मगरको नेतृत्वमा दुवै ३०,०००, कुमार रोका मगरको नेतृत्वमा दुवइ १५,००० ज्ञानेन्द्र बुढा मगर नेतृत्वमा काक्रिबाट ३३,०३३ सहयोग उठेकोथियो भने भुमे गाँउपालिकाले १,००००० सहुलिएत रकम प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार