दिलु सलामी मगरको मार्मिक लोकगीत ‘होनि बरै’ सार्वजनिक (भिडियाेसहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  568 पटक हेरिएको

काठमाडाै । लामाे समयकाे अन्तरालपछि पुनः गायन क्षेत्रमा फर्किएकी चर्चित लोक तथा दोहोरी गायिका दिलु सलामी मगरले आफ्नै पारिवारिक कथाको सजीव चित्रणसहितको नयाँ एकल लोकगीत बजारमा ल्याएकी छिन् ।

आफ्ना स्वर्गीय पिता लीलाराम सलामी मगरको सम्झनामा गायिका दिलुले “होनि बरै” बोलको एकल लोकगीत आफ्नो युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् । आफ्नै लय, शब्द तथा स्वरमा उनले गीतको म्यूजिक भिडियोमार्फत् आफ्ना बुबा आमाको सम्झनालाई सजीव बनाउन खोजेकी छिन् ।

गायिका दिलुको यथार्थ जीवनमा आधारित यस गीतको म्यूजिक भिडियोमा सारिका केसी, सुरवीर पण्डित (दाह्री बा) र रमा थपलियाको सशक्त अभिनय देख्न पाइन्छ ।

म्यूजिक भिडियोको कथा र परिकल्पना गायिका दिलु आफैंले गरेकी छिन् । दिवान किनारको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन भने मानसिंह खड्काले गरेका छन् । सागर गौतमको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन राजकुमार पुनले गरेका हुन् भने मोहन लामाको श्रृंगार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार