होचा खगेन्द्रको उपचार गर्न प्रधानमन्त्री देउवाद्वारा सहयोगको आश्वासन

  मनास्लु पोष्ट  633 पटक हेरिएको

विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगर सहितको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन ।

उपचारको क्रममा काठमाण्डौंमा रहेका खगेन्द्रको बेहोस हुने मुख्य कारण हालसम्म पनि पत्ता लगाउन नसकिए पछि उनको उपचार गर्न विदेश नै लैजानु पर्ने भएकोले गर्दा सहयोगको अपेक्षा सहित खेगेन्द्र सहितको टोलीले आइतबार विहान प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन ।

भेट पछि प्रधानमन्त्री देउवाले खगेन्द्रलाई आफुले प्रत्यक्ष रुपमा देख्न पाउदा खुसि लागेको बताउदै उनको उपचारको लागि सहयोग गर्ने वचन दिएका छन । खगेन्द्रको स्वास्थ्य अबस्थाको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउदै खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिन बहादुर राना मगरले खगेन्द्रको उपचारमा हालसम्म पोखरा देखि काठमाण्डौंका अस्पतालले समेत निशुल्क उपचार गराउदै आएको उल्लेख गरे । खगेन्द्रको अस्पतालको शुल्क बाहेक औषधिमा मात्र करिब ४० हजार खर्च भएको रानाले बताए ।

खगेन्द्रको हाल काठमाण्डोंको चिरायु अस्पतालमा उपचार भईरहेको छ । यस अघी काठमाण्डौंको मनमोहन मेमोरियल मेडिकल कलेज, पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र फेवा सिटी अस्पतालले निशुल्क सेवा दिदै आएका थिए ।

खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । उनले विश्व कृतिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार