असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  135 पटक हेरिएको

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन गरिएको छ ।

सिआइबीको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । घटनाको अनुसन्धानका लागि टोली घटनास्थलमा तैनाथ भएर आफ्नो काम गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका इन्चार्ज गोविन्द विकको धारिलो हतियार प्रहार गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो । सँगै गस्तीमा गएका प्रहरी जवान रामवहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार