पाहुनासँगै गाउँमा सङ्क्रमणको त्रास, प्रशासन भन्छ जहाँ छौँ त्यहीँ मनाउँ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  75 पटक हेरिएको

काठमाडौं, कात्तिक ३ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जहाँ छौँ सोही ठाउँमा चाडवाड मनाउँन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै चाडवाडमा भीडभाड गर्दा कोरोना संक्रमण जोखिम बढ्ने भन्दै अति आवश्यक काम नभई घरबाहिर ननिस्किन आग्रह गरेको हो ।
घरबाहिर निस्कनै पर्ने कामहरु भए स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न समेत जारी गरेको सूचनामा उल्लेख छ । साे कार्यालयबाट जारी मापदण्ड पूर्ण रुपमा परिपालना गर्न गराउन सम्बधित सबैमा अनुरोध गरेको छ ।
गाउँमा त्रास बढ्यो
काठमाडांै उपत्यकासँग सिमाना जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा मात्रै ३६ जना कोरोना संक्रमितहरु काठमाडौंमा कोरोना संक्रमण देखिएपछि मण्डनदेउपुरमा आएर होम आइसोलेशनमा बसेका छन् । चर्चित हास्य कलाकार हरिवशं आचार्य कोरोना संक्रमण देखिएपछि परिवार सहित पुर्खाैली घर शंखुमा आएर आराम गरिरहनु भएको छ ।

सिधै काठमाडौंबाट काभ्रेपलाञ्चोक जिल्लाको शंखुमा आएका आचार्य आफ्नो घरको गेटभन्दा बाहिर निस्किनु भएको छैन । उहाँलेले घरभित्रै बसेर बाहिरको कसैसँग पनि सम्पर्क गरेका गर्नु भएको छैन । उहाँ सचेत नागरिक भएकाले उहाँले पूरै सावधानी अपनाउनु भएको छ ।
पछिल्लो समय काठमाडौ उपत्यकामा कोरोना संक्रमण देखिएपछि होम आइलोशनका लागि आफ्नो पुर्खाैली घरमा फर्कने क्रम बढेसँगै गाउँगाउँमा कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका कोभिड फोकल पर्सन दीपक घिमिरे ५८ जना स्रंक्रमित रहेको नगरमा ३६ जना होम आइसोलेशनका लागि काठमाडौंबाट आएको बताउनुहुन्छ । धेरैले सम्पर्क गर्नुहुन्छ आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुहुन्छ तर कतिपयले सम्पर्क समेत नगर्दा कोरोना संक्रमणको जोखिम बढेको उहाँको बुझाई छ ।

‘कतिपयले जनप्रतिनिधीलाई मात्रै जानकारी गराउनुहुन्छ, त्यसपछि हामीले थाहा पाउँछौ,त्यसले जोखिम बढ्ने संम्भावना रहन्छ’ घिमिरेले भन्नुभयो । मण्डनदेउपुर नगरपालिकामा मात्रै हैन देशभरका स्थानीय तहमा काठमाडौबाट फर्कनेहरुको संख्या दैनिक बढिरहेको छ । काठमाडौंका निजी अस्पतालमा कोरोना जचाएर संक्रमण देखिएपछि होम आइसोलेशनका लागि गाउँ फर्कनेहरुले आवश्यक सावधानि अपनाउन सकेमा त्यसले संक्रमण फैलन नदिने घिमिरेले बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लामा मात्रै हैन नेपालमा अधिकाशं जिल्लाहरुमा काठमाडौमा जचाएर संक्रमण देखिएपछि होम आइसोलेशनमा जानेहरुको संख्या बढेको छ ।

काठमाडौंमा संक्रमण देखिएकाहरु हराउने र गाउँमा संक्रमितहरुको संख्या बढ्ने संम्भावना बढेको घिमिरेले बताउनुभयो । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशँैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कनेहरुको संख्यामा केही कम जस्तो देखिएपनि फुलपातीदेखि नवमीसम्म त्यो सख्या बढ्ने बताउनुभयो । उहाँले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो ।

सही सूचना समयमै नपाउँदा समस्या

कोरोना संक्रमणको सुरुवाती चरणमा जसरी तथ्य सूचना स्वास्थ्यकर्मीहरु पाउन सकेका थिएनन त्यो क्रम अहिले संक्रमणले व्यापकता पाउँदा समेत उस्तै रहेको घिमिरेले बताउनुभयो । सुरुमा विदेशबाट आउनेहरु र जो संक्रमितसँग नियमित रुपमा सम्पर्कमा रहनु भएको थियो उहाँहरुले समेत कन्ट्राक ट्रेसिङमा सहभागी हुन नचाहने समस्या देखिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो‘अहिले सिजनल फ्लू र कोरोना संक्रमण एकै पटक देखिएको छ, यसबारे समयमै स्वास्थ्य शाखामा फोन आउँदैन ।’ अहिले काठमाडौंमा संक्रमण देखिएका धेरैले जानकारी बिनानै सिधै गाउँमा आएर बस्ने हिडडुल गर्ने काम गरिरहनु भएको गाउँलेले जानकारी दिएपछि मात्रै थाहा पाउँछौ उहाँले भन्नुभयो । नगरपालिकाको आइसोलेशन सेन्टर छ त्यसमा राख्न सक्थ्यौ तर समयमा सूचनानै नपाउँदा समस्या देखिएको छ ।

कोरोना संक्रमण रोकथाम स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र जनप्रतिनिधीहरुको मात्रै काम हो भन्ने धारणा नत्यागेसम्म कोरोना संक्रमण कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब स्थानीय सरकार तथा केन्द्रीय सरकारले शिक्षक, सस्थानहरुमा कार्यरत कर्मचारी तथा सरकारी निकायमा रहेर नियमित रुपमा कार्यालय नजानु भएकाहरुलाई कम्तिमा स्वास्थ्य शाखामा सम्पर्क राख्ने भुमिका खेल्ने वातावरण मिलाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । चाडपर्वको समयमा एकै पटक सबैलाई नियन्त्रण समेत गर्न नसकिने भएकाले समाजमा उहाँहरुले सकारात्मक सन्देश दिने खालका कार्यहरु संचालन गर्न सरकारी निकायले भुमिका खेल्ने समय आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार