बाँसुरीवादक जुम्बाको हृदयघातका कारण निधन

  मनास्लु पोष्ट  602 पटक हेरिएको

रेडियो नेपालमा लामो समयदेखि कार्यरत बाँसुरी बादक रामबहादुर जिम्बाको निधन भएको छ। सोमबार बिहान हृदयघातका कारण उनको निधन भएको हो। ५० वर्षीय जिम्बाको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखेर बौद्ध पम्पराअनुसार स्वयंभूमा अन्त्येष्टि गरिने भएको छ।

२०२३ साउन ७ गते सर्लाहीमा जन्मिएका रामबहादुर जिम्बा रेडियो नेपालका अधिकृत तहका कर्मचारी हुन्। २०४० सालदेखि रेडियो नेपालमा टेक बेसिस, ज्यालादारी, मासिक पारिश्रमिक, करार हुँदै २०४९ सालदेखि उनी स्थायी बनेका थिए।

लोक गीतमा मादल, डम्फु, ढोलकलगायत पश्चिमी बाद्ययन्त्र एकर्डियन बजाउने वाद्यवादकका रुपमा उनी कार्यरत थिए। रेडियो नेपालमा केही लोक गीतहरु गाएका उनले लोकगीत सङ्कलनसमेत गरेका छन्।नेपालखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार