चर्चित सर्जक तथा गायक किरण बाबु पुनले नयाँ गीत आकर्षण बजारमा ल्याएका छन। आकर्षण गीतमा शब्द,लय,स्वर किरण बाबु पुनकै रहेको छ भने किरण बाबु पुनलाई बहु चर्चित गायिका बिष्णु माझीले साथ दिएकी छिन । अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापा र सुप्रीया कटुवालको अभिनय रहेको गीतको निर्देशन एकिन्द्र सारा शंकर, छायांकन करन चैंसिरले गरेका छन भने भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन । अहिले आकर्षण बजारमा सर्वाधिक दर्शक श्रोत्राको रोजाइमा पर्न सफल भएको छ । बजार ब्याबस्थापन गरेको छोटो समयमै श्रोता दर्शकको माया पाएकोमा श्रोता दर्शक प्रती आभार प्रकट गर्दै पुनले भने आकर्षण शिर्षक अनुसार
निकै रमाइलो गीत जस्तो लागेता पनि यो गीतमा मायाप्रेममा हुने समर्पण र त्यागका कुरालाई निकै मार्मिक शैलीबाट उतार्न खोजीएको छ । कस्तो माया सांचो हुन्छ र कस्तो माया स्वार्थी हुन्छ भन्ने सन्देशरुपी भाव पनि यो गीतमा जोडिएको छ। यो गीतको एक टुक्का यसप्रकार छ स्( तिम्रै नामको जिन्दगी तन मन मात्र तिम्रो हुं म त आजीवन , पिरतिको संसार कस्को मुटु जोड्नेहरुको, जहाँ मायामा बिश्वास हुन्छ त्यहीँ सांचो प्रेम हुन्छ तर मात्र आकर्षण हो कसम तोड्नेहरुको यो भन्दा पहिले पुन द्धरा शब्दर संगीत गरेका तथा स्वर दिएका संयौ गीतहरुले श्रोता दर्शकको अपार माया पाइसकेका छ्न।तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक स
न्देश,तिम्रो दर्शन पाइन,मनको सन्देश,तिमी आउने बाटो हेरि जस्ता थुप्रै गीतहरु पुनका श्रोता दर्शकले अति रुचाइएका गीतहरु मध्य पर्दछन। बहुप्रतिभाशाली लोकप्रिय गायक,रचनाकार,एवं संगीतकार किरण बाबु पुनको पछिल्लो एल्बम आर्कषण हिम सम्झौता डिजिटलले बजार ब्याबस्थापन गरेको छ ।