मोरङ, ३१ जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले सोमबार मोरङको बेलबारीमा संयुक्त चुनावी सभा तथा प्रशिक्षण कार्यक्रम गरेका छन् ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ उपस्थित थिए ।
आगामी असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दुई पार्टीले एउटै चुनाव चिन्ह मसाल लिएर चुनाव लड्ने सहमति गरेका छन् ।
हाल देशभरि नै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गरिएको छ ।
दुई दलबीच चुनावी तालमेल भएपछि जिल्ला जिल्लामा दुई दलले संयुक्त रुपमा चुनावी प्रचार कार्यक्रम गर्दै आएका छन् ।
यही क्रममा बेलबारीमा संयुक्त चुनावी सभा गरिएको हो । कार्यक्रममा दुई जनाभन्दा बढी सहभागी थिए ।