बङ्गालमा  नेपाली भाषी माथि गरिएको दुर्ब्याबहारको अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा बिरोध ।

  मनास्लु पोष्ट  746 पटक हेरिएको

वाई वि तमू, लिस्वन,१४ जून २०१७ – भारतको पश्चिम बङ्गाल राज्यले आफ्नो राज्य भित्र “बङ्गाली भाषा”लाई अनिवार्य सरकारी भाषा बनाउने र उक्त राज्यमा बसोवास गर्ने सम्पुर्ण जनाताले अनिवार्य बङ्गाली भाषा बोल्नु र सिक्नु पर्ने”निर्णय गरे लगतै उक्त राज्यमा बसोवास गर्ने नेपाली भाषी नेपाली मूलका जनताहरुले आफु जन्मदै नेपाली भाषा बोल्दै आएको आफ्नो नेपाली भाषाको अपमान महशुस गर्दै विरोध स्वरुप गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारी पक्षबाट चरम यातना दिने,महिलाहरुलाई लछार पछार गर्ने,नितान्त मानवाधिकार बिपरितका घटनाहरु भएकाले उक्त घटना निक्कै नै निन्दनीय भएको भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक बिज्ञप्ति जारि गरेको छ ।
रेस विज्ञप्तिमा भनिएको छ “भाषा,साहित्य र सस्कृति मानव जातिका पहिचान हुन् र नेपाली भाषा,साहित्य र सस्कृति जहाँ जहाँ नेपालीहरु पुगेका छन त्यहाँ त्यहाँ फैलिएको छ ।लामो इतिहास बोकेको भारतको पश्चिम बङ्गाल राज्यका नेपाली भाषीहरुले नेपाली भाषा,साहित्य र सस्कृतिलाई आफ्नो प्रणा भन्दा प्यारो गरि सजाई जिवन्त राखेका छन र नेपाली भाषा,साहित्य र सस्कृति आफ्नो जीवनको अभिन्न अंगको रुपमा रहेको परिप्रेक्षमा हालै भारतको पश्चिम बङ्गालमा नेपाली भषा र नेपाली भाषी माथि गरिएको ज्यादती,अत्याचार र अमानवीय व्याबहारको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज घोर भर्सना गर्दै नेपाली भाषा र नेपाली भाषीहरुको सम्मान गर्न तथा उनीहरुमाथि गरिएको अमानविय व्यबहार तुरुन्त रोक्न अन्तर्राष्ट्रिय साहित्य समाज जोडदार माग गर्दछ” ।
अन्तर्राष्ट्रिय नेपाली साह्तिया समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ “स्वतन्त्र रुपले नेपाली भाषाको प्रयोग गर्ने र पश्चिम बङ्गाल राज्यले गरेको ज्यादती विरुद्द चलेको आन्दोलनमा विश्व भरि रहेका नेपाली भाषीहरुले समर्थन गर्न समेत अनुरोध गरिएको छ ” ।
विज्ञप्तिको पुर्ण पाठ :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार