विभत्स हत्या गरिएको अवस्थामा महिलाको शव फेला

  मनास्लु पोष्ट  693 पटक हेरिएको

सिरहा, ९ असार । लहान नगरपालिका १ स्थित विभत्स हत्या गरिएको अवस्थामा एक महिलाका शव फेला परेको छ । शुक्रबार बिहान अन्दाजी २८÷३० वर्षीय महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरी जनाएको छ ।

शवको अनुहार नचिनिने गरी ढुङ्गाले हानेर क्षतिविक्षत बनाइएको छ । प्रहरीको उपस्थित रहने क्षेत्र भएकाले अन्यत्र हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

महिलाको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । प्रहरीका असार मृतक महिलाको सनाखत हुन सकेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।madheshvani

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार