९ असार, काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गदर्दै गोर्खा क्षेत्रीय प्रशासन (जीटीए) का ४३ सभासदले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले जीटीए खारेजको माग गरेका छन् ।
गोर्खा जनमुक्ति मोर्चाका संयोजक विमल गुरुङले भने, ‘जीटीए त्याग्न एलाइन्स पार्टनको अपील थियो । आज हामी सबै सभासदले राजीनामा दिएका छौं । अब साधारण सदस्य भएर यो लडाईमा सहभागी हुन्छौं ।’
उनीहरुले अब जीटीए एक्ट र सम्झौता २७ तारिखमा जलाउने घोषणा गरेका छन् । सन् २०११ मा गोर्खा जनमुक्ति मोर्चा, पश्चिम बंगाल सरकार र केन्द्र सरकारबीच त्रिपक्षीय सम्झौता भएको थियो । ‘अब हामी त्यसलाई २७ तारिखमा खारेज गर्छौं’ मोर्चाका नेता गुरुङले भने, ‘सबैलाई अपील गर्छु कि हामी सबै मिलेर जानुपर्छ ।’