पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगीता सम्पन्न

  मन बहादुर पुन  1181 पटक हेरिएको


विविध यौनिकता,विविध लैगिकता,संस्कृति संरक्षण गर्ने हाम्रो प्रतिबद्धताको नारा बोकी यौनिक तथा लैगिक अल्पसंख्यकहरुको प्रतिभा उजागर गर्नको लागि राष्ट्रिय नाचघर जमल काठमाडौंमा १८ जिल्लाका १५० भन्दा बढि यौनिक तथा लैगिक अल्पसंख्यक नृत्य प्रतियोगीहरुको सहभागितामा सांस्कृतिक नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ ।
व्लु डायमण्ड सोसाइटी नेपालले आयोजना गरेको पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगीतामा प्रतियोगीहरुले पञ्चबुद्ध, मैथली, तामाङ सेलो, ठाडो भाका झ्याउरे, भोजपुरी, पुर्वेली मारुनी, थारु नाच, डेउडा, कौडा, रामला, सोरठी, साकेला, पञ्चगुवा, लगायतका मौलिक लोक सांस्कृतिक नाचहरु प्रस्तुत गरेका थिए ।

पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगीतामा कौडा नाच समुह नवल परासी प्रथम हुन सफल भयो भने दोस्रोमा सोरठी नृत्यबाट भैरहवा, तेस्रोमा सोरठी नृत्यबाटै काठमाडौ समुह र मारुनी नृत्य बाट काठमाडौ समुहले सान्तवना हात पारेका छन । व्लु डायमण्ड सोसाइतीका अध्यक्ष पिङकी गुरुङले प्रथम लाई ५० हजार ,दोस्रो ४० हजार तेस्रो ३० हजार र सान्तवनालाई १० हजार रासी सहित प्रमाण पत्र प्रदान गरेकि थिइन ।
पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगीतामा चर्चित नृत्य निर्देशक कमल राई, चर्चित नृत्य निर्देशक गोन्बिद राइ र नृत्य निर्देशक एवं चर्चित मोडल सम्झना बुढाथोकी निर्णायक रहेको कार्यक्रम योञ्जोङ शेर्पाले सञ्चालन गरेकीथिइन । कार्यक्रममा प्रमुख अतिथी पुर्वमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यामी, नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोता,राम प्रसाद सापकोटा, भरत शर्मा लगाएत कलाकार, उद्दोगीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार