ओलीले गरे सरकारको कडा आलोचना

  Manaslu Post  567 पटक हेरिएको

काठमाडौँ, १२ असार ।आचारसंहिता लत्याउँदै नेकपा एमालेले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकारलाई विभिन्न आरोप लगाएको छ । प्रेस चौतारी नेपालले सोमबार (आज) आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई सद्दाम हुसेनको तुलना गरेका छन् । राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मतरुपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व रहेको बताए । यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । “सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो”, उनले भने, “आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो ।” लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्णरुपमा सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे । निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उहाँले स्पष्ट गरे । पूर्वप्रधानमन्त्री ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन । विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्यो र ?” उहाँले दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गरे । उनले तेस्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि उल्लेख गरे । ‘निर्वाचनका क्रममा सुनसरी, रुपन्देही, बाजुरा र डडेल्धुरालगायत जिल्लामा आचारसंहिता उलङ्घन र अवाञ्छित क्रियाकलाप भएकामा’ चिन्ता व्यक्त गर्दै पहिलो चरणको निर्वाचनमा दोलखामा आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या, कतिपय केन्द्रमा बुथ कब्जा, मतपत्र च्यात्ने जस्ता घटना नदोहो¥याउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार