सुरक्षा खर्चमा भारी बृद्धि गर्ने ट्रम्पको घोषणा

  Manaslu Post  685 पटक हेरिएको

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा भारी बृद्धि गर्ने बताएका छन् । उनले २०१८ का लागि आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्न चाहेका छन्, जुन कुल रक्षा खर्चको लगभग ९ प्रतिशत हो ।

ट्रम्पको बजेट योजनामा अन्य क्षेत्रमा भने बजेट कटौतीको प्रस्ताव छ । यसमा विदेशिक सहायता र पर्यावरणमा हुने खर्च पनि सामेल छ ।

ट्रम्पका अनुसार बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्दि्रत हुनेछ ।

यद्यपि रिपब्लिकन पवार्टीको सुुधारको मागका बावजुद ट्रम्पले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा कुनै कटौतीको प्रस्ताव राखेका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च मध्यमा आफ्नो बजेट प्रस्तावको अन्तिम प्रारुप पेश गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

सोमबार हृवाइट हाउसमा गभर्नरसँगको भेटमा ट्रम्पले भनेका छन्, हामी सिमित संसाधनमा धेरै कम गर्न चाहन्छौं र सरकारलाई अधिक जवाफदेही बनाउन चाहन्छौं ।’

अमेरिकाको बाषिर्क रक्षा बजेट करिव ६०० अर्ब डलर छ र यो विश्वको सबैभन्दा धेरै हो ।

उनले मंगलकार कंग्रेसमा हुने आफ्नो सम्बोधनमा पूर्वाधारमा हुने खर्चबारे आफ्नो योजना पेश गर्ने समेत बताएका छन् । उनले भने, हामी इन्फ्रास्ट्रक्चरमा धेरै खर्च गर्छौं ।’

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा ट्याक्स कटौतीको बाचा गरेका थिए । यसले राष्ट्रिय ऋण बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार