दर्शक श्रोत्राले रुचाएका गायिका चीजा तामाङ

  मन बहादुर पुन  1833 पटक हेरिएको


मनास्लु पोष्ट काठमाडौ । जौ वारी ५ धारापानी गोरखामा जन्मिएकी चीजा तामाङ २०६५ देखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने चीजा तामाङ बिर्धाथी जीवनमै गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्थिन ।
उनि लोक संगीतमा लागेर केहि गर्छु भन्ने मनमा बोकी काठमाडौ झरिन । निरन्तर संर्घषको बाबजुत उनले तिहारको अवसर पारेर मौलिक संस्कृतिलाई झल्काउने गरि देउसी भैलो तिहारको गीतबाट औपचारिक रुपमा सांगीतिक यात्रामा लागिन ।
सुमधुर स्वरकी धनि चीजा तामाङले तिजको गीत माईती गाउँ, पागल पागल दोहोरी,भन्दै हिन्थे लोक गीत, जाले रुमालैमा,लाहुरे मलाएको,गोरखालीकी छोरी,तामाङ सेलो च्याङबाले भन्छ भागेर जाउँ लगाएत करिब दूई दर्जन मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याई सकेकी छिन ।
देशको बिभिन्न ठाउँहरुमा गायन प्रस्तुती दिइसकेकी चीजा तामाङ कार्यक्रमकै शिलशिलामा हङकङ, जापान सम्म पुगीसकेकी छिन भने जुलाई ७ मा दुवई र तिजमा हङकङ जाने तयारीमा छिन । दर्शक श्रोत्राहरुको निकै माया पाएकी चीजा तामाङ नेपाली मौलिक लोक संगीत संबद्धनमा बाचुन्जेल लागी पर्ने बताउछिन । लोक संगीत गायनको क्रममा थुप्रै संघ संस्थाबाट सम्मान प्रशसा पत्र र कदर पत्र हात पार्न सफल सर्घषशिल,मिहिनेती गायीका चीजा तामाङले छिटै नयाँ गीत बजारमा ल्याउने तर्खरमा रहेको बताउछिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार